दफा १२
खोप सेवाको अभिलेख राख्नु पर्ने
: (१) खोप दिने व्यक्तिले खोप लगाएका व्यक्तिको अभिलेख अद्यावधिक रुपमा राख्नु पर्नेछ ।
(२) खोप दिने व्यक्तिले खोप लगाएको प्रमाण स्वरुप खोप लगाउने व्यक्तिलाई तोकिएको ढाँचामा खोप कार्ड प्रदान गर्नु पर्नेछ ।
(३) खोप लिने व्यक्ति, निजको संरक्षक वा अभिभावकले खोप कार्ड सुरक्षित राख्नु पर्नेछ ।